• चैत्र १५, २०८० बिहिबार
    28 Mar, 2024, Thursday

    कार दुर्घटनामा तीन जनाको मृत्युकार दुर्घटनामा तीन जनाको मृत्यु


    २०७७ श्रावण २४, शनिबार

    २०७७ श्रावण २४, शनिबार

    बुटवल – कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको हो।

    प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार लु २ च ६७५६ नं.को कार रुपन्देही रोहिणी गाउँपालिका–४ छिपागडस्थित हुलाकी सडकखण्डमा अनियन्त्रित भई सडकबाट १० मिटर तल पल्टिँदा तीन जनाको मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका चार जनालाई लागी भिम अस्पताल भैरहवा लगिएको र उपचारको क्रममा तीन जनाको मृत्यु भएको हो। मृत्युहुने तीन जनामध्ये एक जनाको मात्र पहिचान खुलेको छ।

    दुर्घटनामा परेर रुपन्देही ओमसतिया गाउँपालिका– ४ बालापुरका २६ को देवेन्द्र चौधरी रहेका छन। अन्य दुई जनाको परिचय खुल्न बाँकी रहेको छ। घाइते रुपन्देही सिद्धार्थ नगरपालिका– ४ का ३० वर्षीय अनिल यादव रहेका छन्।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर