• वैशाख १३, २०८१ बिहिबार
    25 Apr, 2024, Thursday

    गुगलले हटायो २५ सय युट्युब च्यानल


    २०७७ श्रावण २४, शनिबार

    २०७७ श्रावण २४, शनिबार

    इन्टरनेट जाएन्ट गुगलले चीनसँग सम्बन्ध रहेका विभिन्न २५ सय वटा युट्युब अकाउन्ट हटाइदिएको छ ।

    युट्युबको प्लाटर्फममार्फत् गलत जानकारीको प्रसारलाई रोक्ने संघर्षमा रहेको गुगलले सोही कदमका रुपमा गत अप्रिलदेखि जुन महिनासम्मको अवधिमा यतिधेरै संख्यामा युट्युब अकाउन्टहरु डिलिट गरिदिएको हो ।

    डिलिट गरिएका अकाउन्ट मध्ये अधिकांशमा गलत तथ्ययुक्त तथा गैरराजनीतिक सामग्रीहरु रहेको र कतिपयमा चाहिँ राजनीतिक सामग्रीहरुसमेत रहेको गार्जियनले जनाएको छ ।

    गुगलका अनुसार चीन तथा रुसलगायतका देशसँग जोडिएका र विभिन्न खाले प्रभाव जमाउनका लागि गलत सामग्रीहरुको सहारा लिएर समन्वयात्मक ढंगले सञ्चालित युट्युब च्यानलहरु हटाइएको हो ।

    पछिल्लो समयमा चीन र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएको र चिनियाँ एप टिकटकको भविष्य अमेरिकामा अनिश्चित देखिँदै गएको अवस्थामा गुगलले यस कदमलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ ।

    आगामी सेप्टेम्बर १५ सम्ममा माइक्रोसफ्टले खरिद गर्ने सम्झौता नटुंगिएमा टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने तयारी राष्ट्रपति डोनाल्ड ट्रम्पको रहेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अविश्वसनीय चिनियाँ एपहरुलाई लगाउने नेटवर्क सफाइ अभियानको घोषणा गरिसकेका छन् ।

    एजेन्सी

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर