• वैशाख १३, २०८१ बिहिबार
    25 Apr, 2024, Thursday

    सरकारले जारी गरेका निर्देशन र मापदण्ड पालना गर्न राष्ट्रपतिको आग्रह


    २०७७ श्रावण २४, शनिबार

    २०७७ श्रावण २४, शनिबार

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्ड पालना गर्नु आग्रह गरेकी छिन् ।

    शुक्रबार कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलको टोलीसँगको भेटमा उनले कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र यसका लागि अपनाएका उपाय प्रभावकारी रहेको बताएकी हुन् ।

    राष्ट्रपति भण्डारीले कोरोना संक्रमितको संख्या बढेकामा चिन्ता व्यक्त गरेकी थिइन् । राष्ट्रपति भण्डारीले लकडाउनका कारण शहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्नेलगायत निजी क्षेत्रका उद्योग व्यवसायका श्रमिकले रोजगारी गुमाउनुपरेकामा पनि चिन्ता व्यक्त गरेकी थिइन्।

    उपप्रधानमन्त्री पोखरेल नेतृत्वको टोलीले कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले हालसम्म गरेका कामबारे राष्ट्रपतिलाई जानकारी गराएका राष्ट्रपति कार्यालयद्वारा विज्ञप्तिमा उलेखक छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर