• वैशाख ७, २०८१ शुक्रबार
    19 Apr, 2024, Friday

    झुर सेवा बन्द गर भन्दै एनआईसी एशिया बैंकमा लगाए सेवाग्राहीले ताला


    २०७७ पुष ७, मंगलबार

    २०७७ पुष ७, मंगलबार

    कैलालीको धनगढीमा रहेको एनआईसी एशिया बैंकको शाखामा सेवाग्राहीले ताला लगाएका छन् ।

    भूमि सुधार तथा मातपोत कार्यालय कैलालीस्थित रहेको शाखामा कार्यरत कर्मचारीहरूलार्इ भित्रै थुनि ताला लगाएका छन् ।

    कमर्चारीहरुले बैंकिङ सेवामा ढिलासुस्ती गरेको भन्दै सेवाग्राहीले तालाबन्दी गरेका हुन् ।

    यता बैंकका कर्मचारीले आफ्ना चिनजानका व्यक्तिहरुको काम मात्रै छिटो गरिदिएको र आफ्नो काममा भने वास्ता नगरेको गुनासो  सेवाग्राहीले गरेका छन् ।

    यसो हुँदा कार्यालयमा ताला लगाउन बाध्य भएको पनि उनीहरुको भनाई छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर