• वैशाख १३, २०८१ बिहिबार
    25 Apr, 2024, Thursday

    सुर्खेतमा सरकारी जीप दुर्घटना हुँदा १ जनाको मृत्यु


    २०७९ असार ९, बिहिबार

    २०७९ असार ९, बिहिबार

    जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको जीप सुर्खेतको कपासेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा रूकुम पश्चिम चौरहजारीका २८ वर्षीय धर्मराज बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

    उनका अनुसार बुधबार बेलुका गोढीकाँडाबाट वीरेन्द्रनगर आउँदै गरेको बा १ झ ८७८४ नम्बरको उक्त जीप वीरेन्द्रनगर नगरपालिका–७ सडक खण्ड कपासेमा दुर्घटना भएको हो ।

    जीपमा ५ जना सवार रहेका थिए । जीप ब्रेक फेल भएर सडकभन्दा २५ फिट तल खसेको प्रहरीले जनाएको छ । अरु चार जना घाइतेको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

    बुढाथोकीको पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर