• चैत्र १५, २०८० बिहिबार
    28 Mar, 2024, Thursday

    कारबाहीमा ४१ तालिबानी लडाकू मारिए


    २०७८ श्रावण १९, मंगलबार

    २०७८ श्रावण १९, मंगलबार

    काठमाण्डौंः अफगानिस्तानको पश्चिमी भागमा रहेको हेरात शहरमा सुरक्षाबल र तालिबान लडाकूबीच भएको दोहोरो भीडन्तमा परी ४१ जना तालिबानी लडाकू मारिएका छन् । त्यसैगरी सो भीडन्तको क्रममा अन्य ३२ जना लडाकू घाइते भएका गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

    सुरक्षाबल र तालिबान लडाकूबीच छ दिनसम्म जारी रहेको झडपपछि सुरक्षाबलले हेरात प्रान्तको प्रान्तीय राजधानी हेरात शहरको छिमेकमा रहेका कैयौा शहर पुनःकब्जामा लिएका छन् ।

    सुरक्षाबलले तालिबान लडाकूबाट दुईवटा पुल पुनःनियन्त्रण लिएको मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । गत बिहीबारबाट तालिबान लडाकूले हेरात शहरको दक्षिणी र पूर्वीभागबाट आक्रमण शुरू गरेर पूरै शहर कब्जा गर्न खोजिरहेका थिए ।

    अफगानिस्तानमा गत मे महिनादेखि तालिबान लडाकूले सरकार विरोधी लडाईलाई तीव्र बनाएको छ र तालिबान लडाकूले हालसालै प्रमुख शहर नियन्त्रणको लागि दबाब बढाएका छन् । रासस-सिन्हा

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर