माघ १०, २०७७ शनिबार
×

एनआईसी एशिया बैंकमा लगाइएको ताला तोडीयो

नयाँ संजाल

कैलालीको भूमि सुधार तथा मातपोत कार्यालय कैलालीमा रहेको एनआईसी एशिया बैंक शखामा लगाइएको ताला खोलिएको छ।

तालाबन्दी गरिएको करिब आधा घण्टापछि प्रहरी टोलीले ताल्चा खोलेका हुन्।

सेवाग्राहीले तालाबन्दी गर्दा बैंकमा कार्यरत कर्मचारीलार्इ समेत भित्रै थुनिएका थिए।

कर्मचारीले मनोमानी ढंगबाट सेवा दिएको भन्दै सेवाग्राहीले तालाबन्दी गरेका थिए।

बैंकका कर्मचारीले गुणस्तरिय सेवा नदिएको तथा आफ्ना चिनजानका मान्छेलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्ने गरेका उनीहरुको आरोप थियो। सो शाखामा मालपोत कार्यालयको राजस्व जम्मा गर्ने भएकाले सेवाग्राहीको चाप थेगि नसक्नु भएको बैक प्रशासनले जनाएको छ।

झुर सेवा बन्द गर भन्दै एनआईसी एशिया बैंकमा लगाए सेवाग्राहीले ताला

तपाईको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धित समाचार
भखरै
धेरै हेरिएको