घट्यो सुनको भाउ, आजको दररेट हेर्नुहोस् ।

पछिल्लो समय केही दिनदेखि निरन्तर बढेकोे सुनचाँदीको मूल्य आज भने गिरावट आएको ।

नेपाल सुनचाँदी व्यवसायी महासंंघका अनुसार आज मंगलबार स्थानीय बजारमा छापावाल सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।

यसदिन छापावाल सुन तोेलामा ९४ हजार ९०० रुपैयाँ र सोही परिमाणको तेजावी सुन ९४ हजार ४०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

यता चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ । यसअघि तोलामा एक  हजार ३२०  रुपैयाँमा  कारोबार हुँदै आएको चाँँदी आाज एक हजार ३१५ पर्नेछ ।

Comment Bellow
More Post