• चैत्र १६, २०८० शुक्रबार
    29 Mar, 2024, Friday

    हुम्लामा प्रभावकारी बन्दै अनलाइन कक्षा


    २०७८ असार २५, शुक्रबार

    २०७८ असार २५, शुक्रबार

    काठमाण्डौः हुम्लाको सदरमुकाम सिमकोटस्थित कैलाश बोधि स्कुलले शुरु गरेको अनलाइन कक्षा प्रभावकारी देखिएको छ । लामो समयदेखि दोस्रो लहरका रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठनपाठन नियमित गर्न पहिलोपटक विद्यालयले अनलाइनबाट पठनपाठन सञ्चालन गर्ने गरेका हुन् ।

    कोरोनाको कारण नयाँ शैक्षिक सत्र शुरु भए पनि पठनपाठन नभएको बेला वैकल्पिक माध्यम अनलाइनबाट कक्षा ५ देखि ८ सम्मको पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक छवाङ लामाले बताउनुभयो । विद्यालयले यही असार १५ गतेबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेपछि केही दिनयता अनलाइन कक्षाबाट नियमित पढाइ शुरु गरिएको बताइएको छ । ।

    शुरुका दिनमा हरेक अनलाइन कक्षामा दुई÷तीन विद्यार्थी मात्र सहभागी भए पनि त्यो सङ्ख्या हाल १५ जनासम्म पुगेको छ । प्रधानाध्यापक लामाका अनुसार अनलाइनबाट अङ्ग्रेजी, नेपाली, गणित र विज्ञान विषय पठनपाठन भइरहेको छ । अनलाइन कक्षाको प्रभावकारिता बढ्दै गएको र इन्टरनेटले राम्रो काम गर्दै गएको खण्डमा सबै कक्षा सञ्चालन गर्ने सोच राखिएको उहाँले बताउनुभयो ।रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर