• चैत्र १५, २०८० बिहिबार
    28 Mar, 2024, Thursday

    आठौं पीचीची अवार्डभन्दा ला लिगा जित्न चाहन्छु: मेस्सी


    २०७७ पुष ७, मंगलबार

    २०७७ पुष ७, मंगलबार

    काठमाण्डौंः बार्सिलोनाका कप्तान लिओनल मेस्सीले ला लिगामा सर्वाधिक गोलकर्ताले पाउने पीचीची अवार्ड कीर्तिमानी ७ पटक जितेका छन् । एकल अवार्ड जित्नु उनलाई बानी परेको छ । तर मेसी भने ला लिगा उपाधि जित्नेमै ध्यान दिइरहेका छन् ।

    मेस्सीलाई सोमबार सातौं पीचीची अवार्ड प्रदान गरियो तर उनी भने आठौं पटक उक्त अवार्ड जित्नभन्दा ला लिगा जित्न चाहेको बताए । एथ्लेटिकका लेजेण्ड राफेल मोरेनोको नामबाट नामाकरण भएको पीचीची अवार्ड हरेक वर्ष ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिन्छ । मेस्सीले सर्वाधिक पीचीची अवार्ड जित्नेमा टेल्मो जारालाई पछि पारेका हुन् । जाराले ६ पटक यो अवार्ड जितेका छन् ।

    ‘आठौं पीचीची मलाई थाहा छैन, न म यो सोचिरहेको छु । यसबारे म चिन्तित छैन,’ मेसीले अवार्ड प्राप्त गरेपछि मार्कासँग भने । म पीचीची अवार्ड पाउनभन्दा ला लिगा जित्न चाहन्छु । हामी त्यसैका लागि लडिरहेका छौँ ।’

    ‘हामीले विस्तारै राम्रो गरिरहेका छौँ । हामीले लिगमा सुरुमा संघर्ष गर्‍यौँ । न त हामी त्यो सबै अंक गुमाउन लायक नै थियौँ । हामीले त्यसमध्ये धेरै खेल जित्न सक्थ्यौँ जस्तै अलाभेज गेटाफे र रियल मड्रिड…,’ मेस्सीले भने ।

    मेस्सीले यस सिजन गरेका सम्झनलायक गोलमध्ये ओसासुनाविरुद्ध गरेको गोल थियो । ४-० को जित हात पार्दा मेस्सीले चौथो गोल गरे र केही दिनअघि निधन भएका डिएगो अर्मान्डो म्याराडोना प्रति ट्रिबुट प्रदान गरे । मेसीले मैदानमा जर्सी फुकालेर म्याराडेना नेवेल्स ओल्ड ब्वाइजमा हुँदा लगाएको जर्सी देखाएका थिए ।

    ‘यो धेरै विशेष दिन थियो मैले उनलाई सानो सम्मान व्यक्त गर्न पाएँ जुन मैले तयारी गरेको थिँए,’ मेस्सीले उक्त सेलेब्रेसनबारे भने । ‘त्यो दिन गोल गर्नु एकदमै राम्रो मेमोरी रह्यो र यो धेरै विशेष दिन बन्यो किनकि डिएगो अब हामीमाझ थिएनन् ।’

    यस्तै मेसीले मैदान फ्यानविना खेल्नु राम्रो कुरा नभएको पनि बताए । उनले मार्कासंगको अन्तर्वार्तामा फ्यानविना जोसँग खेले पनि जित्न कठिन हुने बताए ।

    कोरोना महामारीले गर्दा फुटबलमा धेरै परिवर्तन भएको समेत उनले बताए । एजेन्सी

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर