• वैशाख ८, २०८१ शनिबार
    20 Apr, 2024, Saturday

    मेसीले तोडे पेलेको कीर्तिमान


    २०७७ पुष ८, बुधबार

    २०७७ पुष ८, बुधबार

    काठमाडौं । लिओनल मेसीले बार्सिलोनाका लागि ६४४ औं गोल गोल गर्दै एकै क्लबका लागि सर्वाधिक गोल गर्ने ब्राजिलियन महान खेलाडी पेलेको कीर्तिमान तोडेका छन् ।

    अघिल्लो खेलमा भ्यालेन्सियाविरुद्ध १ गोल गर्दै पेलेको कीर्तिमान बराबरी गरेका मेसीले गएराति बार्सिलोनाले रियल भाल्लाडोलिडलाई ३-० ले पराजित गर्दा एक गोल गर्दै उक्त कीर्तिमान आफ्नो नाममा बनाएका हुन् ।

    ३३ वर्षीय अर्जेन्टाइन फरवार्ड मेसीले ६५औ मिनेटमा पेड्रीको ब्याकहिल पासमा गोल गरेका थिए । त्यसअघि क्लेमेन्ट लेङलेटले २१औं र मार्टिन ब्रेथवेइटले ३५औं मिनेटमा गोल गरेका थिए । जितपछि १४ खेलबाट २४ अंक जोडेको बार्सिलोना पाँचौ स्थानमा यथावत नै छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा बार्सा अझै ८ अंकले पछि छ ।

    ब्राजिलियन महान खेलाडी पेलेले सान्तोसका लागि १९ सिजन खेल्दै ६४३ गोल गरेका थिए ।

    मेसीले सन् २००५ मा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए । क्याम्प नोउमा मेसीले १० पटक ला लिगा उपाधि जितिसकेका छन् भने चार च्याम्पियन्स लिग उपाधिसमेत जितेका छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर