• वैशाख ८, २०८१ शनिबार
    20 Apr, 2024, Saturday

    खोटाङमा नगर प्रमुखको चालकको सट्टामा एसईई परिक्षा दिने पक्राउ


    २०७९ चैत्र २२, बुधबार

    २०७९ चैत्र २२, बुधबार

    खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ४ बडहरेस्थित लक्ष्मि माध्यामिक विद्यालय खोक्सेली परिक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

    हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ३ घर भएका २६ वर्षीय श्यामराज राईले आफ्नो सट्टामा परीक्षा दिन लगाएको भन्दै प्रहरीले सोही स्थानका २० वर्षीय राम राईलाई पक्राउ गरेको हो ।

    कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता ऋषिराम कंडेलका अनुसार उनलाई प्रहरी चौकी च्यास्मिटारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

    परीक्षा दिन लगाउने श्यामराज राई हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राईका सवारी चालक हुन् ।

    पक्राउ परेका राम राई र श्यामराज दुवै जना च्यास्मिटार माध्यामिक विद्यालयका विद्यार्थी हुन् । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान सुरु गरेको बताएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर