• वैशाख ७, २०८१ शुक्रबार
    19 Apr, 2024, Friday

    दिक्तेल–काठमाडौं हाइस सेवा सुरू


    २०७७ माघ ६, मंगलबार

    २०७७ माघ ६, मंगलबार

    भोजपुर यातायात प्रा.लिद्वारा दिक्तेल–काठमाडौं हाइस सेवा सुरू गरेको छ ।

    प्रा.लिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालको अतित्थतामा  रिवन काटेर कार्यक्रम उद्घाटन गर्दै  दिक्तेल–काडमाण्डौं हाइस सेवा सुरू गरिएको छ ।

    “दिक्तेल–काडमाण्डौं पहिलो पटक १९ सिट क्षमता भएको सुपर हाइस यातायात सेवा सञ्चालनमा ल्याएका छौं जयमा हामी यात्रुमा सहज, सस्तो, सुलभ र भरपर्दो यातायात सेवा प्रदान गर्ने प्रा.लिका अध्यक्ष आइतलक्ष्मी राईले जानकारी दिइन्”

    अध्यक्ष राईले भनिन् ”पहिलो चरणमा फुडन कम्पनीका १० वटा हाइस सेवा सुरु गर्न सुपर खोटाङ–भोजपुर यातायात प्रा.लि दर्ता गरेका छौं ।”

    माघ ७ गतेदेखि नियमित रुपमा दिक्तेलबाट दैनिक विहान ६ वजे र काठमाण्डौबाट पनि विहान ६ वजे हाइस छुट्ने समेत अध्यक्ष राईले जानकारी दिइन् ।

    उनले भौगोलिक चुनौति रहेको भएपनि यात्रुहरुलाई प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्नको लागी नयाँ रणनीतिक योजनाका साथ अघि बढ्ने प्रालिले कार्ययोजना बनाइरहेको पनि बताइन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर