सेवाग्राहीसँग दुर्व्यवहार गर्ने लहान अस्पतालका कर्मचारी निलम्बित

सिराहाको लाहान प्रादेशिक अस्पतालले सेवाग्राहीलाई दुर्व्यवाहार गर्ने नायब सुब्बा बासुदेव महतोलाई निलम्बन गरेको छ ।

अस्पतालले बिहीबार विज्ञप्ति जारी गर्दै महतोलाई सोही घटनाका कारण निलम्बन गरेको हो। कर्मचारीले सेवाग्राहीसँग गरेको व्यवहार गम्भीर रहेको र उनलाई कानुनी दायरामा ल्याउने अस्पताल प्रशासनले प्रतिवद्धता जनाएको छ ।

अस्पतालको बीमा फाँटमा कार्यरत महतोले बुधवार अस्पतालमा बीमाबापतको सेवा लिन आएका सेवाग्राहीलाई अपशब्द बोल्दै दुर्व्यवाहार गरेका थिए । महतोसँग सेवा ढिला भएको भन्दै सेवाग्राहीले गुनासो गरेपछि उनले दुर्व्यवाहार गर्दै अपशब्द बोलेका थिए ।

महतोले बुधबार सेवा लिन आएका एक जना सेवाग्राहीलाई अश्लिल गाली गर्दै दुर्व्यवहार गरेका थिए । ‘अस्पतालको कर्मचारीद्वारा सेवाग्राहीसँग गरिएको व्यबहारप्रति अस्पताल प्रशासन अत्यन्ध गम्भीर र संवेदनशील छ’ अस्पतालका प्रमुख डा. वीरेन्द्रकुमार महतोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दोषीलाई कानुनी दायरामा ल्याउन अस्पताल कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दछ ।’

संविधान, प्रचलित ऐन, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०७८, कानुन सामाजिक मूल्य मान्यता र सामाजिक न्याय विपरीत कार्यले अस्पताल, सेवाग्राही, सरोकारवाला कसैको हित नहुने साथै ऐन नियमानुसार सबै पक्षको सहकार्यबाट असल समाज, संस्थाको विकास हुने कुरालाई कसैले नकार्न नसकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Comment Bellow
More Post