गोरखा जिल्ला अदालतका कर्मचारी घुससहित अख्तियारको नियन्त्रणमा

गोरखा जिल्ला अदालतका एक कर्मचारी (तहसिलदार) लाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले नियन्त्रणमा लिएको छ ।

अख्तियारले १५ हजार घुससहित तहसिलदार रामचन्द्र केसीलाई हिजो (बिहीबार) नियन्त्रणमा लिएको छ ।

अदालत नजिकै एक होटलमा सेवाग्राहीसँग काम मिलाइदिने भन्दै पैसा लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारको पोखरा कार्यालय स्रोतले जनाएको छ ।

उनलाई बिहीबार बेलुकी नै पोखरा लगिएको छ ।

Comment Bellow
More Post