• वैशाख ८, २०८१ शनिबार
    20 Apr, 2024, Saturday

    खोटाङ केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प (अपडेट)


    २०७९ श्रावण १५, आइतबार

    २०७९ श्रावण १५, आइतबार

    आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

    जिल्लास्थित कान्तिपुर संवाददाताका अनुसार खोटाङ‚ सिन्धुपाल्चोक‚ काठमाडौंलगायत देशैभरका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ ।

    गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो । विज्ञहरूका अनुसार ०७२ सालकै विनाशकारी भूकम्पका पराकम्प जाँदा बारम्बार स–साना भूकम्प मापन भइरने केन्द्रले जनाएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर