• चैत्र १६, २०८० शुक्रबार
    29 Mar, 2024, Friday

    लायन्स क्लबद्धारा साहाराको घरमा लाखौंको खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग


    २०७८ असोज ९, शनिबार

    २०७८ असोज ९, शनिबार

    काठमाण्डौंः लायन्स क्लब अफ काठमाण्डौं हेरिटेज धरहराले साहारा घरमा खाद्यान्न तथा शैक्षिक सामाग्री गरेको छ ।

    क्लबले आज शनिवार चितवनको भरतपुर -१२ नौरङ्गी स्थित अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्र (साहाराको घर)मा एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्री तथा खाद्यान्न सहयोग गरेको हो ।

    साहाराको घरमा रहेका १८ जना बालबालिकालाई पुग्ने चामल, दाल, चिउरा, तेल लगायत खाद्यान्न तथा कम्युटर लगायत शैक्षिक सामाग्री वितरण गरिएको क्लबका अध्यक्ष लायन शक्ति श्रेष्ठले जानकारी दिनुभयो ।

    राजधानी काठमाण्डौंमा स्थापित लायन्स हेरिटेज धरहरा क्लबले विश्व महामारी कोरोना भाईरस (कोभिड-१९) संक्रमणको जोखिममा समेत विभिन्न अस्पताल तथा आईसोलेशनमा रहेका कोरोनाका विरामीहरुलाई खाद्यान्न तथा लत्ताकपडा तथा आर्थिक सहयोग गर्दै आएको छ ।

    देशका विभिन्न जिल्लामा पुगी विभिन्न सहयोग गर्दै आएको हेरिटेज धरहरा क्लबले चितवनको भरतपूर नगरपालिका वडा नम्बर १२ स्थित साहारा घरमा पुगी क्लबले साहारा घरमा रहेका नानीहरुलाई पुग्ने शैक्षिक सामाग्रीको अलावा चामल, चिउरा,  दाल, तेल सहयोग गरेको क्लबका प्रथम उपाध्यक्ष राजाराम थापाले बताउनुभयो ।

    ०६९ शालमा १ जना अनाथ बालबालिका संरक्षण गरेर शुरु गरेको साहारा घरमा हाल ४ बर्षदेखी १८ बर्षसम्मको उमेरका १८ जना नानीहरु संरक्षित रहेको साहारा घरकी अध्यक्ष  कुसुम तिवारी (साहारा)ले जानकारी दिनुभयो ।

    विदेशमा बसेका केही नेपाली तथा विभिन्न सामाजिक संघ संस्थाको सहयोगमा निकै कठिनका साथ चलिरहेको साहारा घरमा लायन्स क्लब अफ काठमाण्डौं हेरिटेज धरहराले अतिआवश्यक रुपमा रहेको कम्युटर तथा नानीहरुले प्रयोग गर्ने सेनिटरी प्याड लगायत शैक्षिक सामाग्रीहरु कापी कलम ब्यागहरु सहयोग गरेर ठुलो राहत पुगेको अध्यक्ष कुसुम साहाराले बताउनुभयो ।

    क्लबका अध्यक्ष लायन शक्ति श्रेष्ठको सभापतित्व तथा आईपिपी लायन प्रसाद गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लायन्स क्लब अफ काठमाण्डौं हेरिटेज धरहराका प्रथम उपाध्यक्ष लायन राजाराम थापा, द्वितिय उपाध्यक्ष लायन बिजय पन्त, कोषाध्यक्ष लायन भुपेन्द्र सिलवाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन तथा ब्यवस्थापन  क्लबकी सचिव लायन रेश्मा भट्टराईले गर्नुभएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि लायन प्रसाद गुरुङले मानवीय सेवामा लायन्स क्लब हेरिटेज धरहराले पुर्याँउदै आएको योगदान र सामाजिक क्षेत्रमा गरिरहेका गतिविधिको बारेमा जानकारी गराउनुको साथै हामी जहाँ रहेपनी हाम्रो सहयोग साहारा घरलाई निरन्तर रहने बताउनुभएको थियो ।

    क्लबका अध्यक्ष समेत रहनुभएका लायन शक्ति श्रेष्ठले सबै सदस्यहरुले हाललाई क्लब भित्रैबाट मात्र केही रकमहरु उठाएर यो राहत वितरण गरिएको र आगामी दिनमा सामाजिक सेवा र मानवीय सेवामा निरन्तर लागि पर्ने बताउनुभएको थियो ।

    साहारा क्लबकी अध्यक्ष कुसुम तिवारी (साहारा)ले बिषम परिस्थितिमा पनि शैक्षिक तथा खाद्यान्न सहयोग गर्ने लायन्स क्लब हेरिटेज धरहरा क्लबलाई भित्र हृदयदेखीनै सहयोगको लागी धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर