• चैत्र ६, २०८० मंगलबार
    19 Mar, 2024, Tuesday

    बाजुरा (ख) प्रदेशसभामा काँग्रेसका पदम बहादुर शाही विजयी


    २०७९ मंसिर १८, आइतबार

    २०७९ मंसिर १८, आइतबार

    काठमाण्डौंः बाजुरा जिल्ला प्रदेश निर्वाचन क्षेत्र (ख) मा नेपाली काँग्रेसका पदम बहादुर शाही विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई २५९८ मत अन्तरले पराजित गर्दै शाही विजयी भएका हुन्।

    शाहीले २०११९ मत ल्याएर विजयी भएका हुन्। भने थापाले १७५२१ मत ल्याएका छन्। प्रदेश (ख) बाटै स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले १५५ र राप्रपाका हिमाल बहादुर शाहीले १२२ मत प्राप्त गरेका छन्।

    शाहीले आफ्नै गृह पालिका खप्तड छेडेदह गाउँपालिका र त्रिवेणी नगरपालिकाबाट भारी मत अन्तरले अग्रता कायम गरेका थिए। शाही नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समिति सदस्य सहित संगठन विभाग प्रमुख पनि हुन्।

    शाहीलाई गठबन्धनका तर्फबाट नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले समर्थन गरेका थिए। २०७४ सालको निर्वाचनमा पराजित शाही २०७९ मा जित निकाल्न सफल भएका हुन्।

    २०७४ को प्रदेश सभामा शाहीले नेकपा एमालेका उम्मेदवार प्रकाश बहादुर शाहसँग ३ हजार बढी मत अन्तरले पारजित भएका थिए। नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका शाही नेपाली काँग्रेस बाजुराको सभापतिको उम्मेदवार बनेर पराजित भएका थिए।

    २०७० सालमा नेपाली काँग्रेस छोडेर नेकपा माओवादी केन्द्र प्रवेश गरेका शाही पुन नेपाली काँग्रेसमा फर्किएका थिए। काँग्रेस फर्किनु पूर्व प्रदेश सभाको टिकट दिन ग्यारेन्टी समेत गरिएको थियो। शाही नेपाली काँग्रेसमा स्थापित नेताको रुपमा परिचित छन्।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर