समाजवादी मोर्चाले आज बुटवलमा सभा गर्दै, प्रचण्डसहित शीर्ष नेताले सम्बोधन गर्ने

काठमाण्डौंः समाजवादी मोर्चा नेपाललेआज रुपन्देशीको बुटवलमा सभा गर्दैछ । सभालाई प्रधानमन्त्री पुष्पकमल दाहालसहित मोर्चामा आवद्ध ४ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सो सभामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राज किशोर यादवलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको मोर्चाले ८ गते मधेस प्रदेशको वीरगन्जमा घोषणा सभा गरिसकेको छ । अब  १३ गते सुदूरपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौँडामा, २५ गते कोशीको विराटनगरमा सभा हुनेछ ।

Comment Bellow
More Post