• वैशाख १३, २०८१ बिहिबार
    25 Apr, 2024, Thursday

    प्रदेश १ का तीनजना मन्त्रीद्वारा राजीनामा


    २०७७ पुष १२, आइतबार
    Provincial Government, Office of the Chief Minister and Council of Ministers Province No. 1

    २०७७ पुष १२, आइतबार

    विराटनगर। प्रदेश १ सरकारका मन्त्रिपरिषद्का एकजना मन्त्रीसहित दुई राज्यमन्त्रीले राजीनामा  दिएका छन् ।

    मुख्यमन्त्री शेरधन राई समक्ष सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयविश्वास थारुले आइतबार राजीनामा दिएका हुन्।

    नेकपा भित्रको विवाद र प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय प्रतिनिधिसभा विघटनपछि विकसित घटनाक्रम र राजनीतिक असहज परिस्थितिका कारणले मन्त्री राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेको राजीनामामा पत्रमा उल्लेख छ ।

    नेकपाको विवादसँगै शनिबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री राईले पदमुक्त गर्नुभएको थियो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर