• वैशाख ७, २०८१ शुक्रबार
    19 Apr, 2024, Friday

    नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेश महतको प्यानल नै विजयी


    २०७८ मंसिर ११, शनिबार

    २०७८ मंसिर ११, शनिबार

    काठमाण्‍डौंः नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेश महतको प्यानल नै विजयी भएका छन् । शुक्रवार भएको निर्वाचनको मत परिणाममा उनले डा. केदारनरसिंह केसीलाई १० मतले पराजित गर्दै सभापतिमा विजयी भएका हुन् ।

    निकटतम प्रतिद्धन्द्धी उम्मेद्धार चिकित्सक संघका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका डा. केसीलाई १० मतान्तरले पछि पार्दै जिल्ला सभापतिमा महत निर्बाचित भएका हुन् । कांग्रेसको पार्टी कार्यालय विदुरमा शनिबार सकिएको मत गणनाको नतिजा अनुसार सभापति महतको सम्पूर्ण प्यानल नै निर्वाचित भएका छन् ।

    सभापतिमा उनलाई डा. रामशरण महत, डा. प्रकाशशरण महत र बहादुर लामाको समर्थ रहेको थियो । त्यसैगरी डा. केसीलाई भने अर्जुनरसि‌ंह केसी समुहको समर्थन रहेको थियो ।

    यस्तै जिल्ला उप–सभापतिमा महत समुहका सन्तमान तामाङ र राजु थापा विजयी बनेका छन् । निर्बाचित उप–सभापति तामाङले ८ सय ४६ मत र थापाले ७ सय ५१ मत प्राप्त गर्दै जिल्ला उप–सभापतिमा निर्बाचित भएका हुन् । केसी समुहका उप–सभापतिका  उम्मेद्धार उपेन्द्र कुँइकेलले ७ सय ४८ र होम बहादुर तामाङले ६ सय ८२ मत पाएका छन् । त्यसैगरी स्वतन्त्र समुहका उप–सभापतिका अर्का उम्मेद्धार ठाकुरजंग पाण्डेले ८७ मत पाएका थिए ।

    यस्तै सचिबमा महत समुहबाट बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठ निर्वाचित भएका छन् । सचिब मिश्रले  ९ सय र श्रेष्ठले ८ सय २९ मत प्राप्त गर्दै जिल्ला सचिबमा निर्बाचित भएका हुन् । केसी समुहका सचिबका अर्का उम्मेद्धार शिव प्रसाद दाहालले ७ सय ०२ र शंकर पाण्डेले ६ सय ७९ मत मात्र पाएका छन् ।

    यस्तै सह–सचिबमा उत्तम पाठक र यादव प्रसाद नेपाल निर्बाचित भएका छन् । सह–सचिब पाठकले ८ सय ८८  र नेपालले ८ सय २३ मत प्राप्त गर्दै सह–सचिबमा निर्बाचित भएका हुन् । केसी समुहका सह–सचिबका अर्का उम्मेद्धार झमक राज गुरुङले ६ सय ८८  र रुप बहादुर तामाङले ६ सय ८४ मत पाएका छन् । जिल्ला अधिवेसनका लागि जिल्ला भरीबाट कुल १७४७ मत खसेको थियो । निर्वाचित टिमलाइ हाम्रो पनि बधाइ तथा शुभकामना ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर