• वैशाख १३, २०८१ बिहिबार
    25 Apr, 2024, Thursday

    नेपाली काँग्रेस (वी.पी.) – मेलमिलाप दिवशमा धमाधम पार्टी प्रवेश गराँउदै


    २०७८ पुष १५, बिहिबार

    २०७८ पुष १५, बिहिबार

    काठमाण्डौंः शुसिलमान शेरचन नेतृत्वको नेपाली काँग्रेस (वी.पी.) ले राष्ट्रिय मेलमिलाप दिवसलाइ भब्य रुपमा मनाउने भएको छ ।

    (वी.पी.) काँग्रेसले पौष १६ लाई मेलमिलाप दिवस तथा पार्टी प्रवेश कार्यक्रम र पार्टीको वेबसाइट http://www.nepalicongressbp.org/सार्वजनिक गरि मनाउने भएको हो ।

    पार्टीले मेलमिलाप दिवसको दिन विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेस (वी.पी.) मा प्रवेश गर्नेहरुलाई पनि मेलमिलाप दिवसको अवसरमा बुद्वनगर पार्टी प्यालेस बानेश्वरमा आयोजित कार्यक्रममा प्रवेश गराई पार्टीमा स्वागत गरिने कार्यक्रम रहेको सो पार्टीका कार्यालय सचिव सुसिलराज वाग्लेले जानकारी दिए ।

    पौष १७ गते शनिबार बिहान पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा केन्द्रिय समिति तथा जिल्ला सभापति र भातृ तथा सुभेक्षुक संघका प्रमुख तथा पदाधिकारीहरुलाई दियालो फुड ल्याण्ड, बसुन्धारा, काठमाडौमा “वी.पी. विचार: राष्ट्रियता, प्रजातन्त्र र समाजवाद वर्तमान राजनीतिमा रुपादयता” प्रशिक्षक पुरुषोत्तम दाहाल, “अर्थ राजनीति: मार्क्सवादी, समाजवादी तथा पूँजीवादी अर्थ व्यवस्था र आजको सन्दर्भ” प्रशिक्षक डा. रमेश पौडेल, “नेतृत्व विकास: क्षमता र अभिवृद्धि” प्रशिक्षक विकल शेरचन, “नेपालमा भ्रष्ट्राचार: सिंहावलोकन,रोकथाम, र ने.का.(वी.पी.) को आगामी आन्दोलनका स्वरुपहरु” प्रशिक्षक पुष्पराज पराजुली, “पार्टी संगठन: विस्तार, नीति तथा कार्यक्रमहरु, आगामी कार्यदिशा” प्रशिक्षक देवेन्द्र प्रकाश पौडेल, “पार्टी नेता तथा कार्यकर्ताको समाजसंग तथा पार्टीसंग अन्तर सम्बन्ध” प्रशिक्षक जगन्नाथ घिमिरे (जे.न.) विषयहरुमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको कार्यालय सचिव सुशिलराज वाग्लेद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर