• वैशाख १३, २०८१ बिहिबार
    25 Apr, 2024, Thursday

    पाँच कठ्ठा जग्गाका लागि आफ्नै छोराले गरे ९० वर्षीया आमाको हत्या


    २०७८ माघ १९, बुधबार

    २०७८ माघ १९, बुधबार

    मोरङमा आफ्नै छोराले ९० वर्षीया वृद्धा आमाको हत्या गरेर सुटुक्क जङ्गलमा जलाएको खुलेको छ ।

    पथरी शनिश्चरे नगरपालिका–२ जयचौकका ४८ वर्षीय कमल श्रेष्ठले आमाको नाममा रहेको जग्गा हत्याउन आफ्नी  ९० वर्षीया आमा जगमाया श्रेष्ठको हत्या गरी सटुक्क जंगलमा जङ्गलमा जलाएको खुलेको हो ।

    वृद्ध आमाको हत्या आरोपमा प्रहरीले छोरा कमललाई १७ माघमा पक्राउ गरेर कर्तव्य ज्यान कसुरमा अदालतमा म्याद थप गराइसकेको छ ।

    मोरङ प्रहरी प्रवक्ता  डिएसपी दिपक श्रेष्ठका अनुसार तीन छोरामध्ये कान्छा छोरासँग बस्दै आएकी आमा जगमाया १२ माघदेखी अचानक हराएकी थिइन् । परिवारले सुरुमा  कोही आफन्तकोमा गएको ठानेपनि धेरै दिन नआउदा गाउँभरि हुलिया गरेर खोजी गर्न थालेका थिए ।वृद्धा हराएको केही दिनपछि गाउँलेहरुले गाउँसँगै रहेको जङ्गलमाको चिहानघारीमा मान्छे जलाएको आलो नलीखुट्टासहितको हाडहरु देखेपछि घरबाट हराएकी वृद्धा जगमाया नै हुनुपर्छ भन्ने शंका गरेर गाउँलेहरुले प्रहरीलाई खवर गरेका थिए  ।

    प्रहरीले हत्यापछी वृद्धालाई जलाएको भन्ने सूचनाको आधारमा सुक्ष्म अनुसन्धान गर्दा उनकै छोराले हत्या गरको पृष्टि भएको थियो । प्रहरीका अनुसार  १७ माघमा पक्राउ परेका छोरा कमलले आफ्नै आमाको हत्या गरेको स्विकार गरिसकेका छन् ।  पक्राउ परेका श्रेष्ठले प्रहरीलाई बताए अनुसार  बुबाको नाममा रहेको १५ कठ्ठा ९ धुर जग्गा आमा र  दुई जना दाजुहरुलाई  थाहा नदिई आफ्नो श्रीमतीको नाममा बनाएका थिए । सोही विषयमा श्रेष्ठ परिवारमा झैझगडा भइरहने गर्दथ्यो ।

    सुटुक्क आमाको नाममा रहेको  जग्गा भाइले एकलौटी आफ्नो नाममा हडपेको थाहा पाएपछि  आमा र दाजुहरुले  अदालतमा अंश मुद्दा पनि दर्ता गराएका थिए ।  अदालतले उक्त जग्गामध्ये  ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको थियो । सोही रिसको आवेगमा कान्छा छोरा कमलले वृद्ध आमाको हत्या गरेर सुटुक्क चिहानघारीमा लगेर जलाएका थिए ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर