• वैशाख ८, २०८१ शनिबार
    20 Apr, 2024, Saturday

    कटुवा पेस्तोल र गोलीसहित युवक पक्राउ


    २०७९ मंसिर २९, बिहिबार

    २०७९ मंसिर २९, बिहिबार

    काठमाण्डौः विष्णुपुर गाउँपालिका-३ राजपुर बस्ने २८ वर्षीय विन्दे दासलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

    सोही गाउँपालिका-३ राजपुरस्थित आफन्तको विवाहमा आएका मिर्चैया नगरपालिका-१ बस्ने सौखिया कापरको स.५ प ४३९३ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरीले घटनाको थप अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने २८ वर्षीय सरोज यादव र निज विन्देले मोटरसाइकल चोरी गरी लगेको भन्ने खुल्न आएपछि उनीहरुको खोजी गर्ने क्रममा विन्देलाई घरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी जाँच गर्ने क्रममा विन्देले कम्मरमा भिरी राखेको १ राउण्ड गोली लोड भएको अवस्थामा उक्त हतियार सहित फेला पारी विन्देलाई पक्राउ गरेको हो ।

    हाल फरार सरोजको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर