घट्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले शुक्रबार साँझ विज्ञप्ति प्रकाशित गरी राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो।

निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको छ भने हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

घटेको मूल्यअनुसार अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल/मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ।

Comment Bellow
More Post