• वैशाख ६, २०८१ बिहिबार
    18 Apr, 2024, Thursday

    प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ


    २०७७ श्रावण २४, शनिबार

    २०७७ श्रावण २४, शनिबार

    प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

    शुक्रबार बिहान उनको स्वाब संकलन गरिएको थियो । सोही दिन साँझ नेगेटिभ रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री ओलीसहित नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानुनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फे, प्रधानमन्त्री

    का राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी गरी सातै जनाको रिपोर्ट नेगेटिभ आएको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री ओली कोरोना संक्रमित प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादवको क्लोज कन्ट्याक्टमा परेपछि स्वाब लिएर कोरोना परीक्षण गरिएको हो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर