अषोज ६, २०७८ बुधबार
×

अवरुद्ध महाकाली राजमार्ग खुल्यो

नयाँ संजाल

काठमाण्डौंः लगातारको वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग सञ्चालनमा आएको छ ।

राजमार्गअन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा आज बिहानैदेखि आवतजावत बन्द भएको थियो । पहिरोलाई दुईवटा जेसिबीको सहयाताले पन्छाएपछि दिउँसोदेखि राजमार्ग खुलेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।

अवरुद्ध राजमार्ग खुलेसँगै राजमार्ग पूर्णरुपमा सञ्चालमा आएको र रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । सडक विस्तारको काम चलिरहेको उक्त सडकखण्डमा बेलाबेला पहिरो खस्ने गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताउनुभयो ।

पहिरो पन्छाएर सवारी आवागमन शुरु भएको भएपनि उक्त क्षेत्रमा फेरि पहिरो खस्ने जोखिम रहेको बताइएको छ । गत असारदेखि हालसम्म पहिरोका कारण उक्त क्षेत्रमा १५ भन्दा बढी पटक सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धित समाचार
भखरै
धेरै हेरिएको