• चैत्र १५, २०८० बिहिबार
    28 Mar, 2024, Thursday

    कतार विश्वकप छनोटको खेलमा अर्जेन्टिना, ब्राजिल र उरुग्वेको जित


    २०७८ माघ १९, बुधबार

    २०७८ माघ १९, बुधबार

    काठमाडौं, माघ। कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा अर्जेन्टिना, उरुग्वे, ब्राजिल, चिली र एक्युडर  विजयी भएका छन् ।

    बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले घरेलु मैदानमा कोलम्बियालाई १-० ले पराजित गरेकाे हाे । अर्जेन्टिनाको जितमा लौटारो मार्टिनेजले खेलको २९औँ मिनेटमा निर्णायक गोल गरे ।

    जितपछि लियोनल मेस्सीबिनाको अर्जेन्टिना १५ खेलबाट २९ अंकसहित दोस्रो स्थानमा छ । पराजित कोलम्बिया १६ खेलबाट १७ अंकसहित सातौं स्थानमा छ   ।

    बिहानै भएको ब्राजिल र पारागुय खेलमा ब्राजिलले ४- 0 ले जितेको छ । ब्राजिलको लागी राफिन्हा, फिलिप्पे कोउतिन्हो, एन्थनी र रोद्र्यगोले गोल गरेका थिए ।

    ब्राजिल र अर्जेन्टिना यस अघि नै विश्वकपका लागि छनोट भइसकेका छन् ।‍‍‍‍‍‍

    बिहानै भएको खेलमा उरुग्वेले भेनेजुयलालाई ४-१ अन्तरले पराजित गरेकाे छ । उरुग्वेको जितमा रोड्रीगो बेन्तान्चुरले खेलको पहिलो मिनेटमै गोल गरेका थिए । त्यस्तै, खेलको २३ औं मिनेटमा गिओर्गियन डी अर्र्रस्चेताले गोल दोब्बर बनाएका थिए । पुनः उनकै अस्सिस्टमा एडिन्सों कावानी ले तेस्रो गोल गरे । ५३ औं मिनेटमा लुइस सुअरेज़ले अर्को गोल गर्दै उरुग्वेलाई चार गोलको अग्रता दिलाएका थिए । भेनेजुयलाका लागी खेलको ६५ औं मिनेटमा जोसेफ मार्तिनेज़ले एक गोल फर्काएका थिए ।  जितपछि उरुग्वेले १६ खेलबाट २२ अंक सहित चौथो स्थानमा उक्लिएको छ ।

    त्यस्तै, बोलिविया र चिलीको खेल २ – ३ मा सकिएको छ भने आजै भएको पेरु र एक्युडरको खेल 0 – १ मा सकिएको छ ।

     

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर