• चैत्र १६, २०८० शुक्रबार
    29 Mar, 2024, Friday

    निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


    २०७९ मंसिर २९, बिहिबार

    २०७९ मंसिर २९, बिहिबार

    काठमाडौं- दक्षिणकाली नगरपालिका वडा नं २ मा पर्ने पाखाचोकमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन भएको छ। शहरी स्वास्थ्य केन्द्र २ को अगुवाईमा दक्षिणकाली नगरपालिकार वडा कार्यालयको समन्वयमा विशेषज्ञ स्वास्थ्य शिविर संचालन भएको हो।

    निःशुल्क स्वास्थ्य शिविरको नेतृत्व डा नविनकुमार ब्यारले गरेका थिए। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र संकाय अन्तरगतन र्सिङ्खमा स्नातकोत्तर अध्ययनरत विद्यार्थीसँगसमेत  शहरी स्वास्थ्य केन्द्र २ का प्रमूख पवित्रा सापकोटाले समन्वय गरेर कार्यक्रम संचालन गरिएको थियो।

    उक्त शिविरबाट ६० जनाले सेवा लिएका छन्। उक्त शिविर बढ्दै गएको नसर्ने रोगलाई लक्षितगरि संचालन गरिएको प्रमूख सापकोटाले बताइन्।

    कार्यक्रमको उद्घाटन वडा न  २ का वडा अध्यक्ष्य रामचन्द्र क्षेत्रीले गरेका थिए भने कार्यक्रमको अनुगमनमा प्रमूख प्रशासकीय अधिकृत भोला चापागाईले गरेका थिए।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर