• वैशाख ८, २०८१ शनिबार
    20 Apr, 2024, Saturday

    नेपालमा थप तीन हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टिः एक हजार ९९४ जना निको – २४ जनाको मृत्यु


    २०७८ श्रावण १९, मंगलबार

    २०७८ श्रावण १९, मंगलबार

    काठमाडौंः नेपालमा वितेको २४ घन्टामा तीन हजार ३८३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १६ हजार ७१८ जनामा परीक्षण गर्दा तीन हजार ३३८ जनामा सङ्क्रमण देखिएको हो । यस्तै गत २४ घण्टामा एक हजार ९९४ जना यो सङ्क्रमणबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म छ लाख ६० हजार ११६ जना यो सङ्क्रमणबाट मुक्त भएका र निको हुने दर ९४ प्रतिशत रहेको छ ।

    यस्तै गएको २४ घण्टामा सङ्क्रमणबाट २४ जनाको निधन भएको छ । आज निधन भएकासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट नौ हजार ९२२ जनाको ज्यान गएको छ । हाल मृत्युदर भने १ दशमलव ५ प्रतिशत रहेको छ ।

    हाल सघन उपचार कक्ष (आइसियु) मा ६८६ जना र भेन्टिलेटरमा १६२ जना उपचार गराइरहेका पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

    त्यसैगरी २९ हजार ७२२ होम आइसोलेसनमा रहेका छन् भने तीन हजार ३७ संस्थागत आइसोलेसन र ३७१ क्वारेन्टिनमा रहेको पनि तथ्याङ्कमा उल्लेख गरिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३२ हजार ५९ रहेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर