• वैशाख १४, २०८१ शुक्रबार
    26 Apr, 2024, Friday

    अपडेट : केरला विमान दुर्घटनामा १७ जनाको मृत्यु


    २०७७ श्रावण २४, शनिबार

    २०७७ श्रावण २४, शनिबार

    काठमाडौं- भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

    चालक दलका ६ सदस्यसहित दुवईबाट १८४ यात्रु लिएर आएको एयर इन्डिया एक्सप्रेसको AXB १३४४, बोइंग विमानमा १० बालबालिकासमेत रहेका थिए ।

    उक्त विमान केरलाको कोझिकोड विमानस्थलमा अवतरणका क्रममा शुक्रबार साँझ नेपाली समय अनुसार ७:४५ बजे दुर्घटना हुँदा दुई पाइलटसहित १७ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

    दुर्घटनामा १७३ जना घाइते भएका छन् । त्यसमध्ये २० देखि २५ यात्रुको अवस्था चिन्ताजनक रहेको बीबीसी हिन्दीले जनाएको छ । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    भारी वर्षाका कारण अवतरणका क्रममा रनवेमा चिप्लिएर विमान दुर्घटना भएको हो । दुर्घटनापछि विमान दुई टुक्रा भएको छ। विमान दुई टुक्रा भएपनि आगलागी भने भएको थिएन ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर