फ्रान्सेली क्रान्तिको शिक्षा : इतिहासको वरद हात
अषोज १३, २०७७ मंगलबार
×
नयाँ संजाल

 

स्थापित सत्य हो– इतिहास निर्मम हुने गर्छ र इतिहासका पदचापलाई सुनेर–पछ्याएर त्यसबाट पाठ नसिक्नेहरुबाटै इतिहासको निर्मम पाठ पुनरावृत्ति पनि हुने गर्छ । त्यस्तै एउटा निर्मम पाठ हो– फ्रान्सेली क्रान्ति–प्रतिक्रान्तिको इतिहास । क्रान्तिकारीहरुमा आएको विचलन र मैमत्तापनले कसरी सैनिक तानाशाहहरुको उदय हुन्छ, पुरानो राजनीतिक सत्ताको पुनर्स्थापना हुन्छ र क्रान्तिकारी शक्तिहरु पतन भएर इतिहासको गर्तमा निर्मम ढंगले मिल्काइन्छ भन्ने कुरा त्यसबाट सिक्नैपर्ने पाठ हुन् ।  अहिले नेपालका क्रान्तिकारी शक्तिहरुमा आएको घोर विचलन तथा परिवर्तनकारी भनिएका शक्तिहरुमाझ नै चलिरहेको यदुवंशी खिचातानी एवं अन्तरसंघर्षको सन्दर्भमा उक्त प्रसंग निक्कै सान्दर्भिक र मननयोग्य छ भन्ने हामीलाई लाग्छ । –रातोपाटी

‘वास्तवमा पुरानो शासन (सामन्ती -अनुवादक) प्रणालीमा आधुनिक ढंगका थुप्रै संस्था थिए । समानताप्रति त्यस्तो वैरभावी नहुँदा हुँदै पनि नयाँ परिवन्दमा ढाल्नको  निम्ति भने ती संवेदनशिल थिए । त्यसो भएर नै तिनले स्वेच्छाचारिताको निम्ति उर्वर भूमि उपल्ब्ध गराएका थिए । पुरानो शासन प्रणालीको भग्नावशेष भित्रै स्वेच्छाचारिताको हित साँध्न तिनको खोजि गरियो । विगतमा तिनले त्यस्ता आनी बानी, मनोभाव र विचार उत्सर्जन गरेका थिए जस्ले मानिस मानिस बीच विभाजन गरेर आफूप्रति वफादार हुन सजिलो बनाउँथ्यो ; ती सबको पुनर्थापना गरियो र कृयाशील बनाइयो । पुरानोबाट केन्द्रीयकरण सापट लिइयो र नयाँमा प्रत्यारोपण गरियो । जब यो काम फत्ते गरियो पुर्ववर्ती शासनको बेलामा भएका शक्ति नियन्त्रणका यावत बन्देजहरु पुनर्जीवित होइन, चकनाचुर बनाइयो । तब भने अलिक अघि राजतन्त्र उखेलेको राष्ट्रको छातीमा यस्तो सत्ताको प्रादुर्भाव भयो जो हामीले भोगेका कुनै पनि राजतन्त्रले उपयोग गरेको भन्दा अझ विराट, विस्तृत र निरंकुश थियो । जे जस्तो हर्कत भयो त्यो पत्याउनै गाह्रो हुने खालको जोडजबरजस्त र अभुतपूर्व सफल थियो । यो किन पनि यस्तो भयो भने मानिसहरु आफ्नो आँखाको अघिल्तिरको मात्रै देख्थे र अतितलाई चटक्कै बिर्सिदिन्थे । तानाशाह त ढल्यो तर त्यसका कुकर्मको एउटा ठुलो हिस्सा भने ज्युँको त्युँ रह्यो । उसको प्रशासनिक प्रणालीले शासन भने जस्ताको तस्तै राख्यो । तब देखि नै जहाँ जहाँ निरंकुश शासन उखेल्ने कोशिस भए त्यहाँ त्यहाँ गुलामी शरीरमा स्वतन्त्रताकी देवीको शिर प्रत्यारोपण गर्ने काम मात्रै भयो ।’

– अलेक्सिस द टकभिल, पुरानो शासन प्रणाली र क्रान्ति ।

१७८९को फ्रान्सेली क्रान्ति नवोदित पुँजिपति वर्गले सामन्तवाद र सामन्तवादी शासन प्रणालीको विरुद्धमा गरेको आजसम्मको सवभन्दा जबरजस्त, निर्मम, संझौताहीन र निर्णायक क्रान्ति थियो । क्रान्ति आफैमा एक दशक जारी रह्यो । यसले अभुतपूर्व र आमुल सामाजिक तथा राजनीतिक  परिवर्तन ल्यायो ।  राजातन्त्रको समुल नष्ट गर्‍यो र मुलुकमा धर्मनिरपेक्ष लोकतान्त्रिक गणतन्त्रको स्थापन गर्यो  । यस क्रान्तिले पहिलो पटक मानव इतिहासमा स्वतन्त्रता, समानता र भातृत्वको नारा वुलन्द गर्यो ।

फ्रान्समा सामन्तवादको अन्त्य र पुँजीवादको प्रारम्भको सिलसिलाबारेमा एङ्गेल्सले एउटा रोचक झाँकी प्रस्तुत गरेका छन्। ‘जब फ्रान्सको क्रान्तिमा ऊ बेलाका दार्शनिकहरुले भन्ने गरेको जस्तो विवेकपूर्ण राज्य र सद्भावपूर्ण (harmonious) समाज फलिभूत भयो, त्यसबेला नयाँ संस्थाहरु पुरानो व्यवस्थाको तुलनामा जतिसुकै विवेकपूर्ण भएपनि पूर्णतः विवेकपूर्ण चाहिँ हुन सकेनन् । विवेकको राज्य पूर्णतः नष्ट भयो। रुसोको सामाजिक सम्झौतामा निर्मित भनिएको राज्य अन्तत: आतङ्कको राज्यमा परिणत भयो र आफ्नो राजनीतिक योग्यतामा विश्वास गर्न छोडी सकेको पुँजीपति वर्गले यस आतङ्कबाट बच्न भ्रष्टाचारमा सहारा खोज्यो र अन्ततोगत्वा नेपोलियनको एकतन्त्रीय शासनको सहारा लिन पुग्यो।

फ्रान्समा सामन्तवादको अन्त्य र पुँजीवादको प्रारम्भको सिलसिलाबारेमा एङ्गेल्सले एउटा रोचक झाँकी प्रस्तुत गरेका छन्। ‘जब फ्रान्सको क्रान्तिमा ऊ बेलाका दार्शनिकहरुले भन्ने गरेको जस्तो विवेकपूर्ण राज्य र सद्भावपूर्ण (harmonious) समाज फलिभूत भयो, त्यसबेला नयाँ संस्थाहरु पुरानो व्यवस्थाको तुलनामा जतिसुकै विवेकपूर्ण भएपनि पूर्णतः विवेकपूर्ण चाहिँ हुन सकेनन् ।विवेकको राज्य पूर्णतः नष्ट भयो। रुसोको सामाजिक सम्झौतामा निर्मित भनिएको राज्य अन्तत: आतङ्कको राज्यमा परिणत भयो र आफ्नो राजनीतिक योग्यतामा विश्वास गर्न छोडी सकेको पुँजीपति वर्गले यस आतङ्कबाट बच्न भ्रष्टाचारमा सहारा खोज्यो र अन्ततोगत्वा नेपोलियनको एकतन्त्रीय शासनको सहारा लिन पुग्यो। अपेक्षित शास्वत शान्ति आक्रामक युद्धहरुको अनन्त शृङ्खलामा परिणत भयो। सद्भावनायुक्त समाजको अवस्था पनि यस्तै रह्यो। सम्पूर्ण जनताको समृद्धि प्राप्त गर्नुपर्नेमा धनी र गरिवहरुका बीचको प्रतिपक्षता उग्र बन्न पुग्यो। सामन्ती बन्धनबाट वस्तुतः प्राप्त भइसकेको सम्पतिको स्वतन्त्रता ससाना उद्योगपति र किसानहरुको लागि ठुल्ठुला पुँजीपति र जमिन्दारहरुसँगको प्रतिस्पर्धामा थिचिएकाको आफ्नो अल्प-सम्पति ठुल्ठुला स्वामीहरुलाई बेच्ने स्वतन्त्रता मात्रै ठहरियो। यसप्रकारले ससाना पुँजीपति र किसानको हकमा भने सम्पतिको स्वतन्त्रता भनेको सम्पतिबाट बन्चित हुने स्वतन्त्रता बन्नपुग्यो। पुँजीवादी आधारमा उद्योग धन्दाको विकासले श्रमजीवी जनताको दरिद्रता र दुर्गतिलाई समाजको अस्तित्वको कडी बनाइदियो। एकपछि अर्को वर्ष अपराधको संख्या बढ्दै गयो। पहिले सामन्ती व्यभिचारको नाङ्गोनाच देखिन्थ्यो भने अब त्यसको ठाउँमा पुँजीवादी व्यभिचार खुल्लम खुल्ला बढ्न थाल्यो। व्यापारमा जालझेल झन्झन्न बढ्न थाल्यो। बन्धुत्वको क्रान्तिकारी नारा प्रतिस्पर्धाको लडाइँमा हुने छलकपट र घाँटी कोराकोरमा देखिन थाल्यो। सत्ता प्रयोगद्वारा गरिने दमनको ठाउँ भ्रष्टाचारले लियो। अब सामाजिक सत्ताको मूल हतियार तरबारको साटो पैसा बन्यो। सुहागरातको अधिकार सामन्ती मालिकहरुको हातबाट फुत्केर पुँजीवादी कारखाना मालिकहरुको हातमा पुग्यो र वेश्यावृत्ति अभुतपुर्व रुपमा बढ्यो।’

महाभारतमा एउटा कथाको  प्रसंग छ । आफ्नी बहिनी देवकीको आठौँ सन्तानबाट आफू मारिने कुरा कंशले नारदबाट सुचना पाउँछन् । रिसले आगो हुन्छन् उनि । देवकीलाई मार्न भनेर झम्टिन्छन् । वशुदेव अघि सर्छन् र जन्मे जति सबै बच्चा तुरुन्त कंशलाई सुम्पीदिने संकल्प गर्दै देवकीको प्राण रक्षाको विन्ती गर्छन् । तब जन्मने वित्तिकै कंश आफ्ना भान्जा भान्जी मार्न थाल्छन् ।

ग्रीक पौराणिक कथामा पनि यस्तै एउटा कथा छ क्रोनोसको दन्त्यकथा । पछि रोमनहरुले यो कथा सापट लिए । रोमनहरु क्रोनोसलाई शनि भन्छन् ।

क्रोनोसले आफ्नै बाबुबाट सत्ता हत्याको हुन्छ । उ पनि आफ्नै भाग्य प्रति ढुक्क हुन्न । समय क्रममा कसै गरी उसलाई थाहा हुन्छ कि उसलाई पनि कुनै एउटा आफ्नै छोराले अपदस्त गर्ने छ । तव भने उ जन्मने बित्तिकै आफ्नै छोरा एक पछि अर्को खान थाल्छ । फ्रेन्च क्रान्तिमा यो कथा सादृश हुन्छ ।

क्रोनोसले आफ्नै बाबुबाट सत्ता हत्याको हुन्छ । उ पनि आफ्नै भाग्य प्रति ढुक्क हुन्न । समय क्रममा कसै गरी उसलाई थाहा हुन्छ कि उसलाई पनि कुनै एउटा आफ्नै छोराले अपदस्त गर्ने छ । तव भने ऊ जन्मने बित्तिकै आफ्नै छोरा एकपछि अर्को खान थाल्छ । फ्रेन्च क्रान्तिमा यो कथा सादृश हुन्छ ।

फ्रेन्च क्रान्ति (१७८९)भरखरै सम्पन्न भएको थियो र संक्रमणको क्रम जारी थियो । प्रतिक्रान्तिकारीहरू माथिको दमनचक्र तीव्र पारिदै थियो । राजा रानी गिलोटिनमा काटी सकिएका थिए । प्रतिकान्तिकारी भनेर शंकास्पद हजारौं मारिन पुगे । त्यसमा निर्दोषहरु पनि पर्न थाले । अराजकता र आतंकको बिगबिगी मचियो । यो सब काम क्रान्तिका नायक रोबोसपियरेको  नेतृत्वमा भई रहेको थियो । क्रान्तिका अर्का नायक जर्जेस ज्याक्स ड्याण्टन पनि थिए । यी दुवै एक अर्काका प्रतिद्वन्दी । रोबोसपियरेले ड्याण्टनलाई पक्रेर मुद्दा चलाए । पुर्पक्षको दौरानमा ड्याण्टनले ललकार्दै प्रतिवाद गरेका थिए , ‘शनिले जस्तै क्रान्तिले आफ्नै सन्तानको आहारा बनाएको छ ।’ उनलाई फासीमा चडाउने उर्दी भयो । बलिभेदीमा लादै गर्दा उनि रोबोसपियरेको घरको बगलबाट  गुज्रदै थिए । घरलाई पुलुक्क हेरेर उनले टिप्पणी गरे, रोबोसपियरे ‘ तिम्रो गति पनि चाढै हाम्रै जस्तो हुनेछ । तिम्रो यो घर पनि गर्ल्याम गुर्लुम ढालिने छ । अनि तिम्रा पनि घाउमा नुन चुक दलिने छ ।’ ड्याण्टनको भविष्यवाणी सत्य सावित भयो । पहिले गिरोण्डिनहरुको सफाय गरियो । दोश्रो शिकार ड्याण्टनहरु भए । अन्ततः रोबोसपियरे र उनका अनुयायीहरुलाई च्याङ्खुराइयो । यसरी क्रान्तिका संवाहकहरुको हुर्मत लिइयो । अनि उनीहरुको चिहान माथि प्रतिक्रान्तिकारीहरुले बुर्कुसी मार्न थाले, लामो समय सम्म ।

भनिन्छ, फ्रान्सेली क्रान्ति सामन्तवाद विरुद्धको पुँजिपति वर्गको क्रान्ति थियो, त्यस क्रान्तिमा निम्छरो सर्वहारा वर्ग पुँजिपति वर्गको दुमछल्ला थियो । १९१७को रुसी अक्टुवर क्रान्ति पछि भने क्रान्तिले करवट बदल्यो र फ्रान्सेली क्रान्तिको प्रति धारा विकास गर्यो । यस प्रति धारामा भने उदियमान सर्वहारा वर्ग स्वयं पुँजिवादको विरुद्धमा विद्रोहमा उत्रियो ।

फ्रेन्च क्रान्तिले आफ्ना मुल्यमा स्थिर हुन ठुलो उतारचढावका साथ झन्डै सय वर्ष समय लगायो । क्रान्तिले पहिलो दशक पार गर्दा नगर्दै (१८०० मा) सैनिक तानाशाह नेपोलियनलाई भित्र्यायो । १८१५ मा पुरानै राजतन्त्रको पुनर्स्थापना गर्यो । १८३१ मा अर्को वंशको राजतन्त्र स्थापना गर्यो । १८४८ को क्रान्तिले पुन राजतन्त्रको  अन्त्य गर्यो  र आम निर्वाचन मार्फत लुई बोनापार्टलाई राष्ट्रपति निर्वाचित गर्यो । त्यहीं राष्ट्रपतिले ४ वर्ष पछि आफैलाई सम्राट घोषणा गर्यो । १८७०को फान्स प्रुसियन लडाईमा सम्राट लुई बोनापार्ट समातिए र निर्वासनमा पठाइए । तब भने त्यस शासन प्रणालीको पनि अन्त्य भयो । अर्को वर्ष नै त्यहाँ पेरिस कम्युनको नाममा पहिलो समाजवादी क्रान्तिको शुभारंभ भयो । यो पनि अल्पजीविको रह्यो, जम्मा जम्मी ७२ दिन मात्रै टिक्न सक्यो । यतिबेर सम्ममा फ्रेन्च क्रान्तिले युरोपमा यत्रतत्र लपेटी सकेको थियो । यस क्रान्तिको  लप्का १९११ मा चीन र १९१७ को फेव्रुवरीमा रुससम्म पुग्यो । भनिन्छ, फ्रान्सेली क्रान्ति सामन्तवाद विरुद्धको पुँजिपति वर्गको क्रान्ति थियो, त्यस क्रान्तिमा निम्छरो सर्वहारा वर्ग पुँजिपति वर्गको दुमछल्ला थियो । १९१७को रुसी अक्टुवर क्रान्ति पछि भने क्रान्तिले करवट बदल्यो र फ्रान्सेली क्रान्तिको प्रति धारा विकास गर्यो । यस प्रति धारामा भने उदियमान सर्वहारा वर्ग स्वयं पुँजिवादको विरुद्धमा विद्रोहमा उत्रियो । पछि गएर फ्रेन्च क्रान्तिले स्वयं रुस र पुर्वी युरोपमा पुनः आफ्नो वर्चश्व स्थापित गर्न सफल भयो । आज पनि चीन, भियतनाम, क्युवा र उत्तर कोरियामा पेरिस कम्युन र अक्टोवर क्रान्तिका आदर्श अझै टिकेका छन् । दुनियाँ पुँजीवादको चर्तिकलाबाट आजित भा’को छ । भनिदै छ, यो आफ्नो अवसादको लामो चक्रमा प्रवेश गरी सकेको छ ।+

तपाईको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धित समाचार
भखरै
धेरै हेरिएको