• वैशाख ८, २०८१ शनिबार
    20 Apr, 2024, Saturday

    बसको ठक्करबाट स्कुटर चालकको मृत्यु


    २०७८ पुष ४, आइतबार
    Accident-दुर्घटना

    २०७८ पुष ४, आइतबार

    पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो ।

    व्यास नगरपालिका–१ सिमलटारमा बसले स्कुटरलाई ठक्कर दिदाँ चालकको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने ६० वर्षीय खड्कबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    ना ७ ख ६४०७ नम्बरको बसले ग १९ प ८५६४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका लामाको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरिक्षकले जानकारी दिए।

    बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर