दैलेखमा जिप दुर्घटना एकको मृत्यु‚ आठजना घाइते

Accident-दुर्घटना

दैलेखको भगवतिमाई गाउँपालिका वेस्तडादेखि दैलेख बजार आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिप दुर्घटनामा परि अन्य आठ जना घाइते भएका छन्।

लु २ च ४८२९ नम्बरको जिप नारायण नगरपालिका ११ लोहोरेमा बुधबार बिहान करिब ९ बजे दुर्घटना भएको हो। दुर्घटनामा जिप चालक भगवतिमाई १ का करिब ३० वर्षीय कृष्ण रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख भुवनेश्वरप्रसाद शाहले जानकारी दिए।

शाहका अनुसार जिपमा सवार आठ जना घाइते भएका छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर छ। गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ। जिप दुर्घटना हुनको कारण खुल्न सकेको छैन।

Comment Bellow
More Post