स्‍याङ्जामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्‍यु

Accident-दुर्घटना

२२ माघ,स्याङ्जा । स्याङजामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

बिरुवा गाउँपालिका- ३ धोवादीमा शनिबार ग १ ज.५९३९ नं. जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार जीप दुर्घटनामा परेर बिरुवा गाउँपालिका वडा नं. ३ का २६ वर्षीय बेलबहादुर थापा र ३२ वर्षीय भेषबहादुर थापाको मृत्यु भएको हो।

बेलबहादुर जीपका चालक र भेषबहादुर यात्रु रहेको खुलेको छ । जीप सडकदेखी अन्दाजी ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

उनीहरूको शव परीक्षणका लागि जिल्ला अस्पताल स्याङ्जा पठाएको प्रहरीले जनाएको छ ।

Comment Bellow
More Post