माघ ७, २०७८ शुक्रबार
×

बाइडेनद्वारा केन्टकीमा आपतकालीन अवस्थाको घोषणा

नयाँ संजाल

काठमाण्डौः अमेरिकी राष्ट्रपति जो बाइडेनले केन्टकीमा आपत्कालीन अवस्थाको घोषणा गर्नु भएको छ । उहाँले टोरनाडोले ठूलो जनधनको क्षति भएपछि उक्त आपत्कालीन आदेश जारी गर्नु भएको हो।

राष्ट्रपतिको उक्त आदेशले स्थानीय जनसङ्ख्यामा आपतकालीन अवस्थाबाट उत्पन्न कठिनाइ र पीडालाई कम गर्ने उद्देश्यका साथ सबै विपद् राहत प्रयासहरू समन्वय गर्न गृह, सुरक्षा विभाग, संघीय आपतकालीन व्यवस्थापन निकाय (फेमा) लाई अधिकार प्रत्याजोन गरेको छ ।

शुक्रबार दक्षिणपश्चिमी केन्टकीमा आएको आँधीका कारण कम्तिमा ७० जनाको मृत्यु भएको छ भने ठूलो भौतिक क्षति पनि भएको छ । रासस-एएनआई

तपाईको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धित समाचार
भखरै
धेरै हेरिएको