• चैत्र १६, २०८० शुक्रबार
    29 Mar, 2024, Friday

    बढ्यो हवाई र सार्वजनिक यातायातको भाडा, कुन रूटमा कति? (सूचीसहित)


    २०७९ असार ६, सोमबार

    २०७९ असार ६, सोमबार

    पेट्राेलियम पदार्थकाे मूल्य बढे सँगै हवाई र सार्वजनिक यातायातको भाडादर पनि बढेकाे छ।  नेपाल आयल निगमले शनिबार देखि पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे हो।

    नेपाल वायुसेवा सञ्चालक संघले हवाई  र सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ।

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरे सँगै हवाई सञ्चालक संघ र सरकारले सार्वजनिक यातायातकोको नयाँ भाडादर सार्वजनिक गरेको हो।

    निगमले हवाई इन्धनको मूल्य पनि समायोजन हुने बताएको थियो। मूल्य समायोजनसँगै संघले सोमबार आन्तरिक उडानमा नयाँ भाडादर सार्वजनिक गरेको हो।

    नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइट ६५५ रुपैयाँसम्म वृद्धि भएको छ। काठमाडौं-भद्रपुर ५७०, काठमाडौं-विराटनगर ४५५, काठमाडौं-धनगढी ८४० रूपैयाँसम्मले भाडा बढेको छ। यस्तै काठमाडौं-पोखरा ३०० रूपैयाँले भाडा बढेको छ।

    हवाई भाडादर बुधबारबाट लागू हुने संघले जनाएको छ। निगमले १९ रुपैयाँ प्रतिलिटर हवाई मूल्य बढाएको थियो।

    यस्तै एअरपोर्ट ट्याक्स अन्तर्रास्ट्रिय विमानस्थलको हकमा ५०० रूपैयाँ र अन्य विमानस्थलमा ३०० र ४००रूपैयाँ कायम गरिएको निगमले जनाएको छ।

    यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका मालबाहक तथा यात्रुबाहक सवारीको भाडादर बढाएको जनाएको छ ।

    यसअघि ११ जेठमा यात्रुबाहक सवारीको भाडा २ प्रतिशतले घटाएको थियो । अहिले यात्रु बाहकको २।५ प्रतिशतले भाडा बढेको विभागले जनाएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३।३ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३।७ प्रतिशतले बढेको छ ।

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै विभागले पनि गाडी भाडा बढाउने निर्णय गरेको हो । निगमले डिजेलको मूल्यमा एकै पटक १२ रूपैयाँ बढाएको थियो ।

    विभागले इन्धनको मूल्य थपघटका आधारमा ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्दै आएको छ । प्रदेशहरूले यसै आधारमा छोटो दूरीको सवारी भाडा बढाउनेछन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर