सुनको मूल्य ३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य तीन सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तीन सय रुपैयाँले घटेर १ लाख १२ हजार छ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ छ ।

साताको पहिलो दिन आईतबार हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार नौ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ३५० रुपैयाँ थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज तोलामा ५ रुपैयाँले घटेसँगै चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ कायम छ । हिजो चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

Comment Bellow
More Post