• वैशाख २६, २०८१ बुधबार
    08 May, 2024, Wednesday

    निःशुल्क स्नातक तहको पढाइ


    २०७९ असार ४, शनिबार

    २०७९ असार ४, शनिबार

    कैलालीको धनगढी– उपमहानगरपालिका–१८ नम्बर वडाले निःशुल्क उच्च शिक्षा पढाउने भएको छ । उपमहानगरपालिकाको वडा नम्बर–१८ ले वडाका सम्पूर्ण विद्यर्थीलाई स्नातकसम्मको शिक्षा निःशुल्क पढाउने निर्णय गरेको हो ।

    वडाध्यक्ष भुवन रिजालले वडामा रहेको फूलबारी बहुमुखी क्यम्पसमा स्नातक तहमा अध्ययनरत सम्पूर्ण विद्यार्थीको शुल्क वडाले तिर्ने निर्णय गरेको बताउनुभयो ।

    विद्यार्थीलाई स्नातक तहको निःशुल्क पढाउने योजनालाई हरेक वर्ष निरन्तरता दिने अध्यक्ष रिजालको भनाइ छ । तत्काल सो कार्यको लागि तीन लाख रकम छुट्याउने निर्णय गरेको जानकारी दिनुहुँदै अध्यक्ष रिजालले विद्यार्थी सङ्ख्याको आधारमा थप रकम छुट्याउँदै जाने जानकारी दिनुभयो ।

    हरेक वर्ष विद्यार्थीको तथ्याङ्कको आधारमा  वर्षभरि क्याम्पसले लिने सम्पूर्ण शुल्क क्याम्पसको खातामा पठाउने अध्यक्ष रिजालको बताउनुभयो ।

    स्नातक तहको निःशुल्क पढाउने वडा कार्यलयको निर्णयसँगै उक्त वडाका विद्यार्थीले अब कुनै पनि शुल्क तिनुनपर्ने फूलबारी बहुमुखी क्यम्पसका  क्याम्पसप्रमुख यमबहादुर पौडेलले बताउनुभयो ।

    क्याम्पसप्रमुख पौडेलका अनुसार प्रति विद्यार्थीको १७ हजार रकम वार्षिकरुपमा शुल्क लाग्ने गरेको छ । विद्यार्थीको सङ्ख्या न्यून रहेको फूलबारी बहुमुखी क्याम्पसमा वडा कार्यलयको यो निर्णयले विद्यार्थी सङ्ख्यामा वृद्धि हुने क्याम्पसप्रमुख पौडेलले बताउनुभयो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर