माघ ७, २०७८ शुक्रबार
×

सूर्यविनायकमा ‘एक शिक्षक एक ल्यापटप’

नयाँ संजाल

भक्तपुरको सूर्यविनायक नगरपालिमा एक विद्यालयले ‘एक शिक्षकः एक ल्यापटप कार्यक्रम’ सुरु गरेको छ।

सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलमा रहेको गणेश माध्यमिक विद्यालयले उक्त कार्यक्रम लागू गरेको हो।

कार्यक्रम अनुसार विद्यालयले २० जना शिक्षकलाई ल्यापटप वितरण गरेको छ ।

विद्यालयका प्रधानाध्यापक रवीन्द्रकुमार थापाले विद्यालयका २० जना शिक्षकलाई ल्यापटप वितरण गरिएको जानकारी दिए।

अहिलेको समय अनुसारको पठनपाठन गराउन, शिक्षण सिकाइलाई प्रभावकारी बनाउन आवश्यक रहेको र शिक्षकहरुलाई सूचना प्रविधिमैत्री बनाउन सहयोग हुने हुँदा ल्यापटप वितरण गरेको विद्यालयका प्रधानाध्यापक रवीन्द्रकुमार थापाले जानकारी दिए।

‘अहिलेको समय अनुसार सूचना प्रविधिको मार्फत् शिक्षण क्रियाकलाप चलाउन हामीले यो ल्यापटपको आवश्यकता महसुस गरेका थियौं’, उनले भने, ‘ त्यो आवश्यकता पूरा गर्नका लागि वडाध्यक्षज्यूले पहल गर्नुभयो, समाजसेवी तथा व्यवसायीहरुको सहयोग मिल्यो, केही नपुग रकम विद्यालयको आन्तरिक स्रोतबाट व्यहोर्यौं।’

उक्त सहयोगबाट शिक्षकहरु खुसी भएको उनको भनाइ छ। वडाध्यक्ष एवं सोही विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष किरण थापाले महामारीको समयमा भौतिक पठनपाठन गर्न नसक्ने अवस्थामा पनि पठनपाठनलाई निरन्तर बनाउन शिक्षकहरुलाई ल्यापटप दिइएको जानकारी दिए।

तपाईको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धित समाचार
भखरै
धेरै हेरिएको