• वैशाख १२, २०८१ बुधबार
    24 Apr, 2024, Wednesday

    ‘नेपहपको श्रीपेच’का विजेता भाइबर साइमनलाई बालेनले लगाइदिए श्रीपेच


    २०७९ श्रावण ३, मंगलबार

    २०७९ श्रावण ३, मंगलबार

    हिपहप रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेता भाइबर साइमनलाई नयाँ श्रीपेच प्रदान गरिएको छ। पञ्चबुद्ध भएको श्रीपेच दिँदा विवाद भएपछि आयोजकले विजेता साइमनलाई नयाँ श्रीपेच प्रदान गरेको हो।

    ‘हामीबाट गल्ती भएको थियो, हामीले गल्ती स्वीकार गर्‍यौं। उहाँहरुले क्षमा दिनुभयो,’ आज आयोजित उपाधि वितरण कार्यक्रममा जनाइयो।

    यसअघि विजेता साइमनलाई उपाधिको रुपमा ‘पञ्च बुद्ध मुख:’ श्रीपेच प्रदान गरिएको थियो। बज्राचार्य समन्वय परिषदले ‘पञ्च बुद्ध मुख:’ दीक्षित बज्राचार्य गुरुहरुले मात्रै लगाउने भन्दै उपाधिका रुपमा प्रदान गरेकोप्रति आपत्ति जनाएको थियो।

    जसको आलोचना भएपछि काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह ‘बालेन’ र विजेता साइमनले धर्मगुरुलाई श्रीपेच बुझाएका थिए।

    आज बालेनले नै भाइबरलाई नयाँ श्रीपेच लगाइदिएका हुन्।  मेयर साह शोका निर्णायक मण्डलका एक सदस्य हुन्। ‘नेपहपको श्रीपेच’को यो पहिलो संस्करण हो।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर