जेठ १०, २०७९ मंगलबार
×

मिलन चाम्सको ‘बर एण्ड बधु’मा आँचल

नयाँ सञ्जाल

काठमाण्डौः अभिनेत्री आँचल शर्मा नयाँ चलचित्रमा अनुबन्धित भएकी छन् ।

निर्देशक मिलन चाम्सको निर्देशन रहने चलचित्र ‘बर एण्ड बधु’मा उनी मुख्य भूमिकामा फाइनल भएकी हुन् ।

कमेडी र प्रेमकथामा आधारित रहने चलचित्रमा आँचल ‘बधु’को भूमिकामा देखिने छिन् । यो चलचित्रको छायांकन फागुन तेस्रो साताबाट शुरु हुने स्रोतले बताईएको छ ।

चलचित्रका अन्य कलाकार केही दिनमै फाइनल हुने निर्माणपक्षले बताएको छ । पछिल्लो पटक साउथ चलचित्र ‘हिटम्यान’मा काम गरेकी आँचललको यो लकडाउनपछि पहिलो नेपाली चलचित्र हो ।

तपाईको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धित समाचार
भखरै
धेरै हेरिएको