जेठ १०, २०७९ मंगलबार
×

दक्षिण कोरिया पहिलो पटक एसिया कपको फाइनलमा

नयाँ सञ्जाल

काठमाडौँ, माघ २० । फिलिपिन्सलाई २-० अन्तरले पराजित गर्दै दक्षिण कोरिया भारतमा जारी एएफसी महिला एसियन कप-२०२२ को फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार मुम्बईमा भएको खेलमा दक्षिण कोरियालाई जिताउन चो सो ह्युन र सन ह्वा येओनले एक-एक गोल गरे । पहिलो पटक सेमिफाइनल यात्रा तय गरेको फिलिपिन्स भने कोरियाविरुद्ध फिक्का रह्यो ।

अब, उपाधिका लागि कोरियाले चीन र जापानबीचको विजेतासँग खेल्नेछ ।

न्यूज कारखाना

तपाईको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धित समाचार
भखरै
धेरै हेरिएको