जेठ १०, २०७९ मंगलबार
×

ए डिभिजन लिग: एनआरटी र हिमालयन शेर्पाले बराबरी खेल्दै अंक बाँडे

नयाँ सञ्जाल

काठमाण्डौ, फागुण:  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबबीच खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुङ्गिएको हो ।

खेलको निर्धारित समयसम्म दुवै टोलीले उल्लेख्य खेल प्रदर्शन गर्न सकेनन् । यस बराबरी खेलसँगै एनआरटी १० खेलबाट १४ अङ्क जोडेर सातौँ स्थानमा रहेको छ भने समान खेल खेलको हिमालयन शेर्पा १२ अङ्कका साथ अङ्क तालिकाको आठौँ स्थानमा यथावत् छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धित समाचार
भखरै
धेरै हेरिएको