जेठ १०, २०७९ मंगलबार
×

ए डिभिजन लिग: एपिएफ र संकटा गोलरहित बराबरी खेल्दै अंक बाँडे

नयाँ सञ्जाल

काठमाडौँ,फागुण : सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत १० औं चरणको आइतबार भएको दोस्रो खेल पनि बराबरीमा सकिएको छ।

दशरथ रंगशालामा भएको खेलमा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

संकटा १५ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा छ।

यता एपिएफ अंक तालिकाको नवौं स्थानमा छ। एपिएफको १० खेलबाट ११ अंक छ।

यसअघि दिनको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र न्युरोड टिमले गोलरहित बराबरी खेलेका थिए।

तपाईको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धित समाचार
भखरै
धेरै हेरिएको