खोटाङमा ट्याक्टर दुर्घटना सहचालकको मृत्यु

खोटाङ । खोटाङको रावावेशी गाउँपालिका–१ डुम्रेपानीमा ट्याक्टर दुर्घटनामा परि एक जानको मृत्यु भएको छ ।

को ७ त ४७२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सह चालक स्थानीय २६ वर्षीय राजन नेपालीको मृत्यु भएको हो।

पार्किङ गरेर राखेको ट्याक्टरलाई सह चालकले चलाएर लैजाने क्रममा सडकबाट अन्दाजी ५० मिटर तल खस्दा दुर्घटना भएको थियो।

घाइते भएका सह चालकलाई स्थानीय मेडिलकमा उपचार गरी थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

Comment Bellow
More Post