दिक्तेलमा ट्याक्टर दुर्घटना एकको मृत्यु

दिक्तेलमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ सोल्लमाको छेकालुङ खोलामा ट्याक्टर दुर्घटना हुँदा खोटेहाङ गाउँपालिका वडा नं. १ का सञ्जिव खड्काको घट्ना स्थलमै मृत्यु भएको हो ।

मंगलबार विहान ११ बजे दिक्तेल बाट आफन्तको घर गएर को २ त ८५७९ नम्बरको ट्याक्टमै फर्कने क्रममा अन्दाजी २५ वर्षीय खड्काको घट्ना स्थलमै मृत्यु भएको हो ।

मृतकको सव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख नारायण प्रसाद चिमोरीकाले जानकारी दिए ।

तिव्र गतिका कारण घुम्तिमोडमा दुर्घटना भएको आशंका गरिएको छ भने ट्याक्टर चालक भबिन बस्नेत फरार रहेको प्रहरीले जानकारी दिएका छन् ।

Comment Bellow
More Post