• वैशाख १४, २०८१ शुक्रबार
    26 Apr, 2024, Friday

    खोटाङमा घर नजिकैको खरले लियो ज्यान


    २०७८ पुष २४, शनिबार
    fire by death - आगोबाट मृत्यु

    २०७८ पुष २४, शनिबार

    काठमाण्डाैः खोटाङमा घर नजिकै थुपारेर राखेको खरमा आगोलागी हुँदा एक महिलाको मृत्यु भएको छ।

    जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खु शिवालयकी ४३ वर्षीय अन्जु परियारको शुक्रबार साँझ मृत्यु भएको हो।

    घर छाप्नको लागि थुपारेर राखिएको  खर नजिक आगो बालेर ताप्नेक्रममा अचानक खरमा आगोलागी भएको र भाग्न नसक्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

    घरमा कोही पनि नभएको, उनी मादक पदार्थ सेवन गरेर आगोको छेउमा बसेको र खरमा आगोलागी हुँदा समेत भाग्न नकसेका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ।

    घटनाका विषयमा थप छानविन गर्न इलाका प्रहरी कार्यालय खोटाङबजार र चिसापानीको टोली शनिबार विहान घटनास्थलतर्फ गएको छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर