• वैशाख १२, २०८१ बुधबार
    24 Apr, 2024, Wednesday

    वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पत्ती कोरोना संक्रमित


    २०७७ श्रावण २४, शनिबार

    २०७७ श्रावण २४, शनिबार

    डिसी – वरिष्ठ लोकगायक तथा मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महत तथा उनकी जीवन संगीनी (धर्मपत्नी) कविता केसी महत दुवै कोरोनाबाट संक्रमित भएका छन् ।

    अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमै रहँदा दम्पत्ती कोभिड(१९ बाट संक्रमित हुनु भएको हो । वरिष्ठ लोकगायक महतले अगस्त ७, शुक्रबार दिउसो करिव ३ बजे तिर सामाजिक संजाल (फेसबुक) मार्फत आफू र धर्मपत्नी दुवै संक्रमित भएको सार्वजनिक गरेका छन् ।

    अमेरिकामा कोरोनाको प्रारम्भ देखिनै सबैलाई हौसला प्रदान गर्ने र हरेक प्रकारको सहयोग र साथ दिदै आएका महत आफै संक्रमित भएका छन् ।

    कोरोनाको महामारीमा पूर्ण सतर्कता,सावधान,सामाजिक दूरी र सुरक्षाका सवै उपायहरु अपनाउदा अपनाउदै पनि दम्पत्ति केही समयको लागि एकान्तवास बस्नु पर्ने भएको छ ।

    सबैका साझा र मिलनसार व्यक्तित्वका धनि महतले सामाजिक संजालमा नेपाली समुदायलाई यदि हामीले समयमै सतर्कता अपनाएनौँ भने विश्वमहामारी कोरोनाले हामी कसैलाई पनि अछुतो बनाने वाला छैन भनि अपिल गरेका छन् ।

    उनले ध्यान राख्दा राख्दै दुर्भाग्यबस आफू र धर्मपत्नी यसबाट बंच्न सकेनौ भनेका छन् । महाबाणिज्यदुत महतले हाल आफ्नै घरको एक एक कोठामा आईसोलेसन (एकान्तवास) बसेको जनाउनु भएको छ ।

    उनका सुपुत्र डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेका छौं भनि सामाजिक संजालमा उल्लेख गरेका छन् ।

    वरिष्ठ कलाकार तथा समाजसेवी महतले यदि हाम्रो परिवार बाहेक यस्तो समस्या कसैमा देखिएको छ भने कृपया कत्ति पनि लाज नमानी यो रोगलाई गोप्य नराखी समुदायलाई सु–सुचित हुने मौका दिनुपर्नेमा जोड दिएका छन् ।

    साथै उनले ईमान्दारिताले गर्दा देश, समुदाय ,स्वास्थ्यकर्मी र विश्वस्वास्थ्य संगठनप्रति नै सहयोग पुग्न जानेछ भनि जनचेतनाको लागि आब्हान गरेका छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर