• वैशाख ७, २०८१ शुक्रबार
    19 Apr, 2024, Friday

    पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, थाहा पाउनुहोस् असार ३ गतेको तपाईंको राशिफल


    २०७९ असार ३, शुक्रबार

    २०७९ असार ३, शुक्रबार

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    आज दैनिक कार्यमा प्रगति हुनेछ । घरमा अतिथिको आगमन हुनेछ । रोकिएको धन हात पर्ला । राजनैतिक कार्यमा सफलता पनि मिल्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    यात्रा गर्दा सचेत हुनुपर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका पाइएला, तर आर्थिक लाभ मिल्नेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सफल र रमाइलो यात्राको योग रहेको छ । धर्मकर्ममा मन पनि लाग्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    आज प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्राविधिक कामबाट भने सफलता मिल्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्न पाइएला ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च रहनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    आज धर्मकर्ममा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

    आज भाग्यले विभिन्न अवसर जुराउनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउने देखिन्छ । शिक्षामा सफलता पनि पाइनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । भूमि लाभ पनि रहला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

     

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर